home कथा नियात्रा कविता मनोबाद सत्य कथा लघु कथा फोटो संग्रह सम्पर्क गर्नुहोस् लेखकको बारेमा
कविता

ज्ञान दीप !

Jay Rimal Apr 28, 2025   •   2577 Views
AI वाचक (नेपाली) समाचार सुन्न यहाँ क्लिक गर्नुहोस्

 

शिक्षक हामी सबैजना, समाजको विद्वत वर्ग,

ज्ञानको दीप छरी, देखाउने उज्यालो मार्ग ।

बुझ्दछौं हामी समय, परिवेश र सन्दर्भ, 

भेउ पनि पाउँछौं हजुर, निहित स्वार्थको गन्ध ।।

 

जब बुझ्यौं सबैले, हामीमाथिको भेदभाव,

पहिचान गर्यौं समस्या, अनि त्यसको प्रभाव ।

लाग्यौं हामी आन्दोलनमा, बोकी केही थान अपेक्षा,

परिणाममा आशा थोरै, बरु धेरै उपेक्षा ।।

 

सायद हामी केन्द्रित भयौं कि ? आफ्नै मात्र स्वार्थमा,

सुरक्षाकर्मीलाई हिलो छ्याप्यौं, विवादमा ल्यायौं व्यर्थमा । 

भुलीकन कर्तव्य, मानी आन्दोलनलाई पर्व,

इज्जत लुटायौं सरकारी वेतनको, भयौं हामी बेपर्वाह ।।

 

कर्तव्यलाई उपेक्षा गरी, केवल गणितमा खेल्दा,

सीमित वेतनमा रातदिन खट्ने, पुलिसहरुलाई पेल्दा ।

हानी ढुङ्गा, बनाई घाइते, खोई के पायौं हामीले ? 

भविष्यमा पछुताउनु सिवाय, केहि देख्दिन मैले ।।

 

सुन साथी अति भयो, आफ्ना भुल सच्याऔं,

गरिबको सपनामा अब, धेरै खेलवाड नगरौं ।

शिक्षकको नाउँमा रहेको, इमान इज्जत जोगाऔं,

हाम्रा सारा स्वार्थ त्यागी, कर्मथलोमा रमाऔं ।।

तपाईलाई यो रचना कस्तो लाग्यो?

😍 15 उत्कृष्ट
🤩 1 रोचक
😢 1 दुखद
प्रतिक्रिया दिनुहोस्