home कथा नियात्रा कविता मनोबाद सत्य कथा लघु कथा फोटो संग्रह सम्पर्क गर्नुहोस् लेखकको बारेमा
कविता

उसका कथा अकथा नबनुन्

Jay Rimal Sep 01, 2024   •   726 Views
AI वाचक (नेपाली) समाचार सुन्न यहाँ क्लिक गर्नुहोस्

 

अख्यात लेखकले अख्रक्क अनुहार पारी अकुशल सीपबाट

अंसियार नलाग्ने अंशाक्षरी रचना गर्दा,

अकार्यको फल मान्ने अज्ञानीहरुको मनमा अग्निशिखा नजलोस् ।

 

अँजुलीमा नअट्ने अनि अँगालोमा नबेरिने अकार्थ सृजनाबाट 

अगणित भावनामा अकलङ्क रचना गर्दा, 

अकल नभएकाहरुले अज्ञानताका कारण अचाडु नदेखुन् ।

 

अकबरे स्वादका उसका अकथा कथामा परिणत हुँदा, 

अकल्पित अनि अपूर्ण नै भएपनि अजम्मरी होउन् ।       

अकलदारको मस्तिष्कले अक्सर अँठ्याइरहँदा

अखटोसँगै चढेका उसका अशेष उमँग अरुलाई अक्षता बनुन् ।

 

अक्षरजीवी उसका अखण्डित भावना अगरु झैं बसाओस्,

अकल्पित सृजनाले अकारण कसैलाई अकट नपरोस् ।

अकिञ्चन उसको अकासिंदो छवि अक्षीण रही रहोस्,

अखबारी उसका अतुलनीय कथा अकथा नबनुन् ।

 

टोखा, काठमाण्डौं (२०८१, भाद्र)

२०८१ भाद्र ६ गते सहित्यपोष्टमा प्रकाशित । 

तपाईलाई यो रचना कस्तो लाग्यो?

😍 8 उत्कृष्ट
🤩 0 रोचक
😢 0 दुखद
प्रतिक्रिया दिनुहोस्