home कथा नियात्रा कविता मनोबाद सत्य कथा लघु कथा फोटो संग्रह सम्पर्क गर्नुहोस् लेखकको बारेमा
कविता

दया भयो दलाल !

Jay Rimal Mar 13, 2025   •   1660 Views
AI वाचक (नेपाली) समाचार सुन्न यहाँ क्लिक गर्नुहोस्

 

पैसाले तौलिए मानिस सम्बन्ध भयो व्यापार,

संवेदनाले के गर्छ र ? शक्ति मै छ लछारपछार ।

छिमेकी रुन्छ पीडामा आँखा चिम्लिन्छ शहर,

सामाजिक बन्धन खै त ? दम्भकै छ असर ।।

 

सत्य भन्दा मिठो लाग्छ यहाँ झूटको व्यापार,

इमान बेच्नेहरू छन् अगाडी, इमान्दार भए लाचार ।

सहयोगको नाममा पनि हुन्छ स्वार्थकै हिसाब,

मनको कुरा हराइसक्यो अब देखावटी भए संवाद ।।

 

आफ्नै घाऊ लुकाउँदै अरूलाई के दिन्छौ पाठ ?

उत्तरदायित्वको पाठ पढाउने स्कुल पनि भइसक्यो टाट ।

सेवामा पनि फेशन हुन थाले यहाँ फोटै खिच्ने चाल,

आँसु बेचेर हाँस्नु छ हजुर दया पनि भयो दलाल ।।

तपाईलाई यो रचना कस्तो लाग्यो?

😍 29 उत्कृष्ट
🤩 1 रोचक
😢 0 दुखद
प्रतिक्रिया दिनुहोस्